छाउपडी बसेकी महिला लुटिइन्

कैलाली : अछाम सिउँडी–६ मा हतियारधारी समूहले छाउपडीमा सुतेकी एक महिलालाई मरणासन्न हुनेगरी कुटपिट गरेर गरगहना लुटेको छ ।

मंगलबार राति ६ जनाको हतियारधारी समूहले महिनावारी भएर छाउपडीमा सुतेकी ३५ वर्षीया चम्फा साउदलाई कुटपिट गरी गरगहना लुटेको हो । घटना थाहा पाएपछि पति अमरले गुहार मागेर कराउँदा उनी पनि कुटिएका थिए । घाइते पतिपत्नीको चौरमान्डु प्राथमिक स्वास्थ्य केन्द्र चौरपाटीमा उपचार भइरहेको छ ।
लुटेराले करिब चार तोला सुनचाँदीका गहना लुटेर लगेको आफन्तले बताए । घटनामा संलग्न भएको आशंकामा स्थानीय एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । (सौस)

प्रतिक्रिया