राज्यमन्त्रीको कुटनीतिक भेटघाट

काठमाडौं, १३ असार । राष्ट्रपति डा.रामवरण यादवसँग बेलायतका अन्तर्राष्ट्रिय विकास सम्बन्धी राज्यमन्त्री एलन डङकनले कुटनीतिक भेटबार्ता गरेका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको भेटमा दुई मुलुकको सम्बन्ध, सहयोग र अन्य विविध विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटपछि जारी विज्ञप्ति अनुसार डा.यादव र राज्यमन्त्री डङकनवीच भएको परामर्शमा राष्ट्रपतिले वेलायती जनता र सरकारले नेपाललाई पुराएको सहयोगप्रति धन्यावादी दिएका थिए ।
यस अघि, राज्यमन्त्री डङकनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि परामर्श गरेका थिए । भेट दाहाल निवास लाजिम्पाटमा भएको थियो ।

प्रतिक्रिया