नगदसहित सात जुवाडे पक्राउ

सुर्खेत, १३ असार । सुर्खेत प्रहरीले जुवातास खेलिरहेको अवस्थामा वीरेन्द्रनगरस्थित एक होटलबाट ७ जनालाई पक्राउ गरेको छ ।
संकल्प रेष्टुरेण्टमा जुवातास खेलिरहेको जानकारी पाएपछि प्रहरी निरीक्षक वीरेन्द्र यादवको नेतृत्वमा गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले नगद २७ हजार ७ सय ६१ रुपियाँ सहित ३ जनालाई पक्राउ गरेको हो ।
ललित भण्डारी, शेर बहादुर के.सी., उद्धब कोइराला, डम्बर नेपाली, ईन्द्र प्रसाद थानी, शेर बहादुर अधिकारी र भक्त बहादुर खड्कालाई पक्राउ गरेको प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए ।
उनीहरुलाई जुवा ऐन अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए । प्रहरीले सुर्खेतमा जुवातास र मदिरा विरुद्ध अभियानलाई तिव्र पारेको छ ।

प्रतिक्रिया