सुकुम्बासी संघ पनि संस्थापनमै

काठमाडौं, १३ असार । एकीकृत माओवादी समर्थक अखिल नेपाल सुकुम्वासी संघले पनि संस्थापन पक्षलाई नछाड्ने जनाएको छ ।
संघका अध्यक्ष दीपक राई र महासचिव पुस्कर विकले आज संयुक्त विज्ञप्ति जारी गरेर मुल पार्टीमा रहन आफ्ना समर्थकलाई आग्रह गरेका छन् । उनीहरुले पार्टी विभाजनलाई टुटफूट र क्रान्तिप्रतिको विश्वासघातको टिप्पणी गरेका छन् ।
राष्ट्रिय भेलाका नाममा मोहन बैद्य पक्षले नेकपा–माओवादी गठन गरेकोमा आपत्ति जनाउदै उनीहरुले संस्थापन पक्षमै लाग्न समर्थकलाई आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमाओवादी विभाजन पछि भातृ संगठन र शुभेच्छुक संस्थाहरुले संस्थापन र नेकपा–माओवादीलाई समर्थन तथा छाड्ने क्रमनै चलेको छ ।

प्रतिक्रिया