उपत्यकाव्यापी मावि टिटीमा सोनु र कृष्णलाई स्वर्ण

 

काठमाडौं : पाँचौ उपत्यकाव्यापी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिताको यु–१६ को गल्र्स सिंगल्समा नियोलोजियनकी सोनु थापामगर र ब्वायजमा नियोलोजियनकै कृष्ण थापामगर मंगलबार पहिलो भएका छन् । राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र लैनचौरमा भएको फाइनलमा सोनुले नियोलोजियनकी रुबी वासुकलालाई ११–५, ११–५ र ११–४ तथा कृष्णले नियोलोजियनका रविन साँधलाई ११–६, ११–७, १०–१२, ६–११ र ११–७ ले पराजित गरे ।
यु–१० सिंगल्सको गल्र्समा एभिएमकी दीक्षा तामाङले डिएभीकी प्रियंका शाक्यलाई ६–११, ११–५, ११–९ र ११–३ तथा ब्वायजमा एभिएमका रितिज जोशीले एभिएमकै राजु श्रेष्ठलाई ११–५, ११–७ र ११–६ ले हराउँदै पहिलो भए । यु–१२ गल्र्स सिंगल्समा प्रभातकी सुजाता दुवालले डिएभीकी नेहा वियालालाई ७–११, ८–११, १२–१०, १३–११ र १२–१० तथा यु–१४ गल्र्स सिंगल्समा विजेश्वरीकी इभा राउतले माउन्ट भ्यालीकी जुबी छुसियाबागालाई ११–५,
८–११, ११–९ र ११–६ ले पाखा लगाउँदै स्वर्ण जिते ।
टिमतर्फ गल्र्समा विजेश्वरीले बालविकासलाई ३–० तथा ब्वायजमा नियोलोजियनले एभिएमलाई ३–१ ले पन्छयाउँदै स्वर्ण जिते । डबल्सको गल्र्समा नियोलोजियनका रुबी वासुकला र सोनु थापामगर तथा ब्वायजमा नियोलोजियनकै कृष्ण थापामगर र रविन साँधको जोडीले शीर्षस्थान कब्जा गरे । (सौस)

प्रतिक्रिया