४९ किलो सालकको खपडा बरामद

सिन्धुपाल्चोक, १२ असार । सीमा प्रहरी कार्यालय कोदारीले सोमबार ४९ किलो २ सय ग्राम सालकको खपडा बरामद गरेको छ ।
बोरामा हालेर चीन तर्फ लैजादै गरेको अवस्थामा प्रतिबन्धित सालकको खपडा अरनिको राजमार्गको खोकुण्डोल भन्नेस्थानबाट प्रहरीले बरामद गरेको हो ।
नियमित गस्तीका क्रममा प्रहरीले बाह्रविसे–६ का २५ वर्षीया दिनेश रोक्काले बोकेको बोरा खोलेर हेर्दा सालकको खपडा फोला परेको प्रहरी निरीक्षक विश्व कार्कीले जानकारी दिए ।
जुटको बोराभित्र एक, एक किलोका प्याक बनाएर रोक्काले खपडा चीन निर्यात गर्न लागेका थिए ।
प्रतिबन्धित खपडा भारतबाट ल्याएको बयान रोक्काले प्रहरी समक्ष दिएका छन् । बरामद खपडा जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया