बैद्य पक्ष उत्तरदायित्वबाट विचलित

काठमाडौं, ११ असार । एमाओवादी निकट जनवर्गीय संगठनहरुले मोहन बैद्य पक्षले नेकपा–माओवादी गठन गरेर अलग हुन गरेको निर्णयले देशभक्त र परिवर्तनकारी जनसमुदायको आघातमा ठेस पुराएको आरोप लगाएका छन् ।
जनवर्गीय संघठनका प्रमुखहरुले आज संयुक्त पत्रकार सम्मेलन गरेर विभाजनकारी कदम क्रान्तिकारी विचार, राष्ट्र र जनताप्रतिको उत्तरदायित्वबाट विचलीत भएको दाबी गरेका छन् ।
‘गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायका मूल्यहरूको संरक्षणको नाममा गोलमेचसभाको नारा अगाडि सारेर घुमाउरो पाराले जनयुद्ध र जनआन्दोलनको उपलब्धीमाथि प्रहार गर्ने काम भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कार्यदिशाका मूलभूत कडीहरूसहित निषेध गर्ने र भविष्यको मार्गचित्रका सम्बन्धमा पनि अस्पष्टता र अकर्मण्यताले बैद्य पक्ष विसर्जनवादी सोंचमा छ ।’
उनीहरुले बाटो विराएर बैद्य समूहको नेकपा–माओवादीमा गएका सबैलाई पुनः आ–आफ्नो जिम्मेवारीमा फर्कन आह्वान गरेका छन् ।
विभाजन भए लगत्तै एमाओवादी र नेकपा–माओवादीले जनवर्गीय संगठनहरुलाई आ–आफ्नापक्षमा बनाउन सक्रिय छन् ।

प्रतिक्रिया