बालुवा/गिट्टी बोक्ने ट्याक्टर र चालक पक्राउ

कपिलवस्तु, १० असार । कपिलवस्तुमा अवैध रुपमा खोलाबाट बालुवा र गिट्टी निकाल्दै गरेको अवस्थामा प्रहरीले तीन वटा ट्याक्टर र चालकलाई आज नियन्त्रणमा लिएको छ ।
पूर्वस्वीकृति नलिएर ट्याक्टरमा बालुवा र गिट्टी भर्दै गरेको अवस्थामा उनीहरुलाई खोलामा फेलापारेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गस्तीमा खट्टिएको प्रहरी टोलीले बाणंगगा पुल नजिकबाट लु.१ त ६०५४, लु.१ त ६३७ र लु.१ त ८२६३ नम्वरको ट्याक्टर तथा चालकलाई पक्राउ गरेको हो । सो विषयमा अनुसन्धन शुरु गरिएको प्रहरी भनाई छ ।

प्रतिक्रिया