ताप्लेजुङमा तीन जना बेपत्ता

ताप्लेजुङ, १० असार । ताप्लेजुङ जिल्लाको लिङखिम र सावादिनको विचमा रहेको खोलाले बगाएर तीन जना बेपत्ता भएका छन् ।
शनिबार सावादिन–३ स्थित बारीमा काम गर्न गएका लिङखिम–९ बस्ने ५० बर्षीया धनमाया सुनुवार, उनका ३३ बर्षीय छोरा बालकुमार सुनुवार र भान्जा सुमन सुनुवार खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेलुकासम्म घर नर्फिएकाले बाटोमा रहेको खोलाले उनीहरुलाई खोला तर्ने क्रममा बगाएको हुन सक्ने प्रहरी अनुमान छ ।
यता, बाँकेमा माटोको ढिस्कोले पुरिएर चिसापानी–२ बस्ने ४५ बर्षीया कर्णकला बस्नेत र ३३ बर्षीया जगती कठायतको मृत्यु भएको छ ।
घर लिप्नका लागि माटो खनी रहेको अवस्थामा अचानक माथिबाट ढिस्को खसेर पुरिदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी भनाई छ ।
यसैवीच, सर्लाहीको लालबन्दी–१ मा २९ बर्षीय दीपक अधिकारीको चट्याङ लागेर मृत्यु भएको छ ।

प्रतिक्रिया