सिरोज र सिरोजा

नारायणगोपाल चोकमा सेन्ट जर्ज इन्टरनेसनल स्कुलको बस रोकियो । चिटिक्कको स्कुलपोसाक लगाएका सिरोज र सिरोजा बसमा चढे । आ–आºनो सिटमा बसे । उनीहरूले सिसा नखोलीकनै गुड्दै गरेको बसभित्रैबाट आमालाई बाइबाई गरे । ‘बसको झ्याल खोलेर बाहिर हात निकाली बाइबाई नगर्नू, अर्को दिशाबाट आएको गाडीले भेटेमा हातै भाँचिन्छ’ भनेर हेडसरले सम्झाउनुभएको उनीहरूलाई थाहा थियो । बस शंखपार्क पुगेर रोकियो । त्यहाँ संकेत आºनो बुबाको साथैमा उभिएको थियो । ऊ झटपट बुबालाई बाइबाई गर्दै
बसमा चढ्यो ।
सबै आ–आºनै कुरामा अल्झिएका थिए । संकेतले आºनो गोजीबाट चकलेट निकाल्यो । सबैलाई चकलेट लिएको हात उचालेर देखाउँदै लोभ्यायो र आज कक्षामा सबैभन्दा पहिला पस्नेलाई चकलेट दिने बतायो । सबैको मुखमा पानी आयो । कक्षा चारमा पढ्ने सिरोज, सिरोजा, अस्मिन, संयम, वियोस्ता सबै बस स्कुलको हाताभित्र पुगेर रोकिनेबित्तिकै दौडिनुपर्छ भन्दै झोला मिलाएर बोक्न थाले ।
धुम्बाराही चोकबाट सानी केटी चढेर आºनो सिटमा बसेपछि बस स्कुलतर्फ बढ्यो । सिरोज झ्यालको सिटमा बसेको थियो । ऊसँगै उसकी तीन मिनेट पहिला जन्मिएकी जुम्ल्याहा दिदी सिरोजा थिइन् । झ्यालको सिटमा रहेकाले दौडँदा केही ढिला हुने देखेर उसले सिरोजालाई झ्यालको सिटमा बस्न भन्यो । सिरोजाले भाइको चलाखी बुझिहाली । उसले भनी, ‘हुन्न † म पनि त दौडन्छु । तिमीलाई यताको सिट छोडिदिएँ भने त म दौडँदा पछि परिहाल्छु नि ।’
दिदीका कुरा सुनेर सिरोज रिसायो । ऊ मुख बिगार्दै झ्यालपट्टि फर्कियो । भाइ रिसाएको देखेर सिरोजाले भनी, ‘आखिर मैले चकलेट जिते पनि त तिमीलाई दिइहाल्छु नि । नरिसाऊ न †’ यति भनी सिरोजाले सिरोजको अनुहार आफूपट्टि फर्काउन खोजी । अहँ † सिरोज मान्दै नमानी ठुस्किएर बसिरह्यो ।
‘ल–ल नरिसाऊ । ल आऊ यतै बस…।’ यति भन्दै सिरोजा झ्यालपट्टि बस्नलाई उठी । खुसी हुँदै सिरोज छेउतिर सर्‍यो ।
पालेदाइले स्कुल हाताको नीलो ढोका खोल्नेबित्तिकै बस भित्र छिर्‍यो । ढोका खोल्नु र बस रोकिनु मात्र थियो, सबै केटाकेटी छिटोछिटो ओर्लन थाले । सिरोज सबभन्दा अगाडि ओर्लियो । उसको पछिपछि सिरोजा ओर्लिई र त्यसपछि क्रमश: संयम,
वियोस्ता ओर्लिए ।
कक्षामा पहिला पुग्नेले राता, नीला, हरिया रंगीचंगी चकलेट पाउने कुराले आज कोही पनि स्कुलको चौरमा खेल्न रोकिएन । सबै जना छिटोछिटो कक्षातिर कुदे । लामा खुट्टा भएको सिरोज अगाडिअगाडि दौडियो । ऊ पछाडि हेर्दैहेर्दै पिठ्युँको झोला उफार्दै आºनो कक्षा भएको भवनभित्र पस्यो । उसको पछिपछि सिरोजा दौडँदै भित्र पसी र सिरोजाका पछिपछि अरू कक्षा चारका साथीहरू दौडँदै थिए । सबभन्दापछाडि मोटे संकेत मुठ्ठीभरि चकलेट लिएर साथीहरूलाई पछ्याउन थाल्यो ।
भवनको ढोकाबाट छिर्नेबित्तिकै देब्रेतिर भर्‍याङ थियो र त्यो भर्‍याङ उक्लेपछि उनीहरूको कक्षा आउँथ्यो । सिरोज भर्‍याङको अन्तिम खुट्किलामा पुगेर पछाडि फर्कियो । ऊ नजिकै सिरोजा आइपुगेकी थिई । ऊ हतारहतार कक्षातिर बढ्यो । हडबडमा सिरोजको एउटा खुट्टा भर्‍याङछेवैको काठको बारमा ठोक्कियो । ऊ त्यहीँ लर्बराएर रोकियो । ऊभन्दापछाडि रहेकी सिरोजा उसलाई जित्दै अगाडि बढी । कक्षाकोठामा पस्नुअघि विजयी भावले सिरोजाले पछाडि फर्किएर हेरी । उसको भाइ सिरोज काठको बारबाट खुट्टा झिक्न खोज्दै गरेको उसले देखी । एक–दुईपटक कोसिस गर्दा पनि झिक्न नसकेर भाइ भुइँमा थुचुक्क बस्यो ।
भाइलाई आपत् परेको देखेर सिरोजा कक्षाको ढोकैबाट फर्किई । भाइनजिक आई र भाइको अड्किएको खुट्टा तान्न थाली । उसले देखी बारको किलामा उसको भाइको जुत्ता छोप्ने पाइन्टको भाग अड्किएको रहेछ । उसले बिस्तारै किलाबाट पाइन्टको अड्किएको भाग निकाली । पाइन्ट निक्लनेबित्तिकै भाइ जुरुक्क उठ्यो । त्यतिबेलै उसकी कक्षाकी साथी वियोस्ता भर्‍याङको अन्तिम खुट्किलामा हस्याङ्फस्याङ् गर्दै आइपुगी । त्यो देखेर सिरोजाले भाइलाई ढोकातिर तानी । दुवै दिदीभाइ सँगै कक्षाभित्र पसे र दुवै कक्षामा पुग्ने प्रथम विद्यार्थी भए । त्यस दिन रंगीचंगी चकलेटसँग सिरोजले अरूलाई आपद् पर्दा सहयोग गर्नेपर्छ भन्ने ज्ञान पायो । अर्कालाई समस्यामा छोडेर आफू मात्र सफल हुनुमा रमाइलो हुँदैन भन्ने पनि बुझ्यो ।

प्रतिक्रिया