मैतलालको मृत्युधुन

आज (मंगलबार) जेठो नाति अर्जुनको लास गाडेर फर्केका मलामी आँगनबाट बिदा भए । हिजो मात्रै ६ वर्षीय माइलो सन्तकुमार, साइँलो मानबहादुर, बुहारी सोमती र छोरा बुद्धिबहदुरको अन्तिम संस्कार गरेर फर्केका मलामीलाई मैतलालले बिदा गरेका थिए । हप्ताभित्रै क्रमश: आºना सन्तानका पाँचवटा लास उनको अगाडि आइपुगे र यसैगरी मलामीहरू लास गाडेर मलामीहरू नित्य फर्के उनको आँगनमा । कविलास–७, चौकीडाँडा चितवनका ८३ वर्षीय मैतलालका बुढ्यौली कानमा लगातार मृत्युधुन बजिरह्यो । विषालु च्याउको तरकारीले एक हप्ताभित्रै उनको घरका ५ सदस्यलाई चुँडेर लग्यो, अब बाँकी छन् पत्नी कमिनी, २ वर्ष र ६ महिनाका दुई दुधे नाति । ८३ वर्षको उमेरसम्म उनले कैयन मानिस मरेको देखे कैयनलाई चिहानमा गाडे पनि । अझ मानिस सबै युगमा सनातन जन्मे–मरे तर, आफैँले रंग दिएर भरेको संसार उनको अगाडि विनाश भयो क्षणभरमा ।
मलामी गाउँलेहरू एक छिनका लागि उनको मन बुझाएर घर घर फर्के, मैतलाल हिउँदमा पात झरेको सिक्रो रूखस्तै एक्लै छन् फलैंचामा । आँसु सुकेर कत्ला बसेको अनुहारमा चाउरी अझ थपिएको छ । जीवनको निरर्थकतासँग हार खाएर कतिबेला चिम्म भएका आँखा उघरिएका बेला राता देखिन्छन् । उभिने सहारा लठ्ठी मात्रै, शोकले विह्वल पत्नी बेसुरा हुन थालेकी छिन् । उनी रुवावासी गर्दै जेठा नाति अर्जुनको अन्तिम संस्कार गर्ने ठाउातर्फ कुदिन् । बाँचेको दुई वर्षीय काइँलो नाति अँगेनाछेउ छरिएको फूलखरानीमा रुँदारुँदै थाकेर निदायो । आमासँगै अस्पताल लगिएको ६ महिने कान्छो नाति आमाको मृत्युपछि निर्घात रोएको थियो । उसलाई छोरीको घरमा पठाएपछि दुधे बालकको शरीरबाट आउने दूधको अमिलो बासना पनि मैतरामबाट क्रमैसँग हराउँदै गयो । हुन त उनी कान उति राम्रो सुन्दैनन् तर, मरेका सन्तानका कैयन स्मृति छल्न खोजे पनि पुराना घटनाहरूका प्रतिध्वनि कानमा वज्रिरहन्छन् ।
अन्तिमपटक जेठो नाति अर्जुनको लास अस्पतालबाट घर ल्याउँदा उनले हेर्ने साहस पनि जुटाउन सकेनन् । ‘घर नल्याओ’ अर्जुनको लास ल्याउँदा मैतलालको आर्तनाद सुनिएको थियो । ८३ वर्षको उमेरसम्म दुई छोरा र एक दर्जन नातिनातिना उनको काखैमा हुर्केका थिए । जेठो छोरा भिन्नै छन्, सँगै बसेको कान्छो छोरा बुहारी र तीन नातिहरू भर्खर उनीबाट बिदा भए ।
मानिस जन्मँदा आफू रुँदै र अरूलाई हँसाउँदै जन्मन्छ र मर्दा अरूलाई रुवाउँदै मर्छ । मैतलालले मरेका ती सन्तान कैयनपटक फँसेको देखेका थिए र रोएको देखेका थिए । उनीहरूलाई हसाउने र रुवाउने परिवेश बुझेका थिए । तर, आज उनी एक्लै रोइरहेका छन् । सात दिनअघि जंगलबाट ल्याएको विषालु च्याउ भान्सामा पक्दा ल्याउने भयानक परिणति उनले बुझ्न सकेनन् । उनी त्यस दिन जेठो छोराका घरमा गएका थिए, पत्नी कमिनी बिरामी भएकाले च्याउ खाइनन् र दुई साना नातिहरूले पनि च्याउ खाएनन् । जीवन र मृत्यबीचको समयरेखा कति मोटो वा पातलो हुन्छ, अहिलेसम्म त्यो कसैले भन्न सकेको छैन तर, मानिस इच्छाले, लहडले, अज्ञानताले वा अभावले कुनै हिसाबले पनि मर्न चाहँदैन । परिवेश त्यस्तै बनिदिन्छ र मृत्युको एउटा कारक अगाडि आइदिन्छ । अझ भनौँ अज्ञानताले मैतलालको परिवारमा यो मृत्युको लहर अचानक ल्याइदियो । सपनामा जस्तै, त्यस्तो सपना, ब्युँझिदा जो विपना भइसकेको थियो ।
आँसु  पीडा पखाल्ने गंगाजल हो कि † सम्झिन्छन् । त्यसैले, आँसुको अभाव कति जर्जर हुन्छ मैतलालले बुझेका छन् । मुख बाएर मुटुको भित्री हिक्का अप्ठेरोसँग मात्रै बाहिर निस्किन्छ सायद आँसु रित्तिएर, यो उनको पछिल्लो रुवाइ हो ।  ‘आाखा रसाउनै छाड्यो’ रुखो बोलीमा मैतलालले भने । काइँलो नाति भर्खरै मरेका बाबु, आमा र दाजुहरूको खोजीमा रुँदै थाक्यो । आफू रुनु कि नातिलाई नरोऊ भन्नुको दोसाँधमा छन् उनी ।
मृत्यु, जीवनका सारा दु:ख कष्टहरूबाट मुक्ति हो वा एक महाविनाश † बाँच्नुका कष्ट र त्यसको निरर्थकता सम्झँदा मैतलाललाई आफूले निर्वाह गर्नुपर्ने दायित्वको धारिलो हतियारले प्रहार गरिरहेको छ । जसरी उनले दशकौँअघि आºना दुई छोराहरूलाई हुर्काएका थिए, विपन्नताको जीवनमा अभावको धारिलो हतियारको प्रहार खपी खपी, त्यसै गर्नु छ अब पनि । एक हप्ता अघिसम्म छोरा ‘केही काम गर्नु पर्दैन घरमै बस’ भन्थ्यो, घरको भान्छा बुहारीले हेर्थी ।  अब त्यो सबै बोझ उठाउने जिम्मा मैतलालकै । एक हप्ताअघि बारीमा मकै गोड्ने काम थियो, मैतलाल लौरो टेक्दै झार उखेल्न गए । बाबुको बुढेसकालप्रति सचेत छोराले भनेको थियो, ‘पर्दैन झार उखेल्नु, बूढो मान्छे घरैमा बस ।’ तर, छोराले छोडेको मकै गोड्ने मेलो अब उनैले पूरा गर्नु छ ।
उनको काँधमा जीवनको बोझ हुँदा अहिलेका नातिजस्तै थिए उनका दुई छोरा पनि, तर बाबुको निर्धक्क स्नेह पाएर हुर्केका । काँधको बोझ जब छोरामा सरेको थियो त्यो सधैँका लागि भएन । जीवनको बोझ बोक्न तयार भएको छोरा, च्याउको विषालु नशा ठीक पार्न अस्पताल गएको बाटो उनले हेरिरहे तर फर्कियो सेतो लुगाले बेरिएको लास । छोरा बुहारी र नातिहरूको अन्तिम सम्झना यत्ति हुन् । फलैँचाबाटै उनले देखाए जिउँदै गएको छोरो लास बनेर फर्केको बाटो । ‘अस्पतालले हामीलाई निको पार्छ भनेको थियो,’ आफूसँग छोराको अन्तिम वाक्य मैतलालले सुनाए ।
भान्छामा अब बुहारी सोमती छैन । आँगनमा फार्रफुर्र खेल्ने नातिहरू छैनन् । बारीमा मकैको मेलो जहाँको तहीँ छ । बनाउन लागेको नयाँ घरमा गाडेको खाँबोमाथि टिनको छानो अड्याइसकियो, माटो मुछेर गाह्रो लगाउने काम अलपत्रै । गोठका एक हल गोरु छन् बाँ बाँ कराइरहेका ।  बिहान जंगल छोडिएका ३१ वटा बाख्रा साँझ कतिवटा घर फर्कन्छन् थाहा छैन । आज बिहानै बेलुकै गाउँलेको सहानुभूति छ । पानी बोक्ने कोही छैन । अहिले त छिमेकीले सघाएका छन् । समयका कापबाट छिरेको संवेदनामै जीवनको बोझ हलुंगो बनाउनु छ मैतलालले । ६ महिने कान्छो नातिलाई विवाहित छोरीले हुर्काउन लगेकी छ । मैतलालको बिचल्ली खबर देशभर छरिएपछि प्रधानसेनापति छत्रमानसिंह गुरुङले काठमाडौं लगे काइँलो नातिलाई पाल्न । घटना ताजै भएकाले आज बिहानै बेलुकै आँगनमा गाउँलेको सहानुभूति बगेको छ, त्यो क्षणिक मात्र हो । गाउँले सबैका आ–आºना आकांक्षा छन्, आ–आºनै जिन्दगीका बोझ छन् । मैतलालको बोझ थामिदिन सधैँ कोही आइरहँदैन । मानिसलाई आºनै जिन्दगीका आकांक्षा र अभावका बोझले किच्दै लगेपछि अरूप्रतिको संवेदना हराउँदै जान्छ । आºना पाँच सन्तानको मृत्युकर्म सकिएपछि आँगनमा मानिसहरू पनि पातलिँदै जानेछन् । ८३ वर्षे मैतलाल र शोकसुरा पत्नी दुई दुधे नातिहरू हुर्काउने  दायित्वशील जीवनबोझमा फेरि फर्कन बाध्य छन् । कसरी चलाउँछन् मैतलाल † कसरी बाँच्छन् मैतलाल †

प्रतिक्रिया