मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

काभ्रे, ७ असार । सिन्धुपाल्चोक जिल्लाबाट धुलिखेल तर्फ आउँदै गरेको टिप्परले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
अरनिको राजमार्गस्थित ३७ किलो भन्ने स्थानमा आज दिउसो वा २ ख ९२८१ नम्वरको टिप्परले वा २४ प ९८२४ नम्वरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो ।
टिप्परको ठक्करले सिन्धुपाल्चोक जिल्ला फटकशिला गाविस ८ घर भएका २२ वर्षीय कृष्णभक्त दनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख धनबहादुर श्रेष्ठले जानकारी दिए ।
मोटरसाइकलमा तीन जना सवार मध्ये चालक रामकुमार दनुवार र सन्देश दनुवार सामान्य घाइते भएका छन् । पछाडी बस्ने कृष्णभक्तलाई टिप्परको पछाडीको टायरले किचेपछि मृत्यु भएको प्रहरी भनाई छ ।

मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

सिन्धुपाल्चोक,फुल्पिडकट्टी ४ का १७ बर्षीय मंगले थामीको बिहीबार मृत्यु भएको छ । मोवाईल चार्ज गर्न लाग्दा करेन्ट सर्ट भएर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
करेन्ट लागेर घाईते भएका थामीको उपचारको लागि काठमाडौं लैजादै गर्दा मृत्यु भएको हो ।
खाना खाएर घरको माथिल्लो तलामा मोवाईल चार्ज गर्न गएका थामीलाई करेन्ट लागेको थियो । सिमसिम पानी परिरहेकाले करेन्ट सर्ट भएको हुन सक्ने  प्रहरी  अनुमान छ । सौर्य

प्रतिक्रिया