अश्लिल कार्यमा संलग्न जोडी पक्राउ

काठमाडौं, ६ असार । विराटनगरका विभिन्न होटल तथा लजहरुमा छापामारेर प्रहरीले केही महिला र पुरुषलाई अश्लिल कार्यमा संलग्न रहेको अवस्थामा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ्गबाट खटिएको प्रहरी टोलीले मंगलबार छापामारेर अश्लिल कार्यमा संलग्न ६ जना महिला र ८ जना पुरुषलाई पक्राउ गरेको छ ।
उता, काठमाडौंको गोंगवुस्थित भ्याली टप गेष्ट हाउसमा बसेकी एक महिलाको छतबाट खसेर मृत्यु भएको छ ।
गेष्ट हाउसको कोठा नम्बर २०३ मा ललितपुर चाँपागाउँ बस्ने २८ वर्षीया विपना अधिकारी, नुवाकोट कलान्यपुर बस्ने २४ वर्षीय हरि खड्का र नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला बास बसेका थिए ।
नाम नखुलेकी ती महिला विहान करिव साढे १ बजे गेष्ट हाउससँगै रहेको मोहनकाजी प्रजापतिको घरको छतवाट तल सडकमा खसेर मृत्यु भएको अबस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले सँगै रहेका बिपना अधिकारी र हरि खड्कालाई नियन्त्रणमा लिएको छ ।
त्यसै गरेर सल्यानमा खुकुरी प्रहार गरी ज्यान मारेको अभियोगमा रामपुर–८ बस्ने ३० बर्षीय जंगबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले रामपुर–१ कोटेनी बस्ने ३६ बर्षीय जितबहादुर घर्तीलाई सामान्य बादविवादमा खुकुरी प्रहार गर्दा घर्तीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया