शाहीले पनि छाडे लोकतान्त्रिक फोरम

काठमाडौं, ६ असार । अध्यक्ष विजय गच्छेदारको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य अजय शाहीले पनि पदबाट राजीनामा दिएका छन् ।
केन्द्रीय नेताहरुको राजीनामा दिने क्रम चलिरहेका समयमा शाहीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका हुन् ।
गच्छेदारको कार्यशैलीबाट आजित भएको भन्दै शाहीले लोकतान्त्रिक फोरममा त्याग्न बाध्य भएको जनाएका छन् ।
गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट प्रभावशाली नेता शरतसिंह भण्डारी सहित झण्डै दुई दर्जन केन्द्रीय सदस्यले पदबाट राजीनामा दिई सकेका छन् ।

प्रतिक्रिया