८२ सशस्त्र प्रहरी झाडापखालाबाट विरामी

कैलाली, ५ असार । अछाम जिल्लाको साँफेबगरमा रहेको सशस्त्र प्रहरी बल खप्तड गुल्ममा झाडापखालाको महामारी फैलिए पछि ८२ जना बिरामी परेका छन् ।
जवानहरुमा झाडापखाला महामारीका रुपमा फैलिएको गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक बेनुप्रसाद पाठकले बताए ।
आइतबार बेलुकी खाना खाई सुतेका जवानमा एक्कासी मध्यराति १२ बजे झाडापखालाको लक्ष्यण देखापरेको पाठकले जनाएका छन् । झाडापखालाले बिरामी भएकाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।
विरामी परेका गुल्मका ८२ मध्ये ६६ जना उपचारपछि फर्किएका छन् । बाँकी सशस्त्र प्रहरीको उपचार भइरहेको छ ।
अस्पतालमा अझै १६ जना सशस्त्र प्रहरी जवानले उपचार गराई रहेका छन् । झाडापखाला फैलिनुको कारण खुल्न सकेको छैन । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार फोहर पानीका कारण झाडापखाला फैलिएको हुन सक्ने अनुमान गरेका छन् ।
बयालपाटा अस्पतालमा एक्कासी बिरामी बढेपछि जिल्ला अस्पताल मंगलसैनबाट थप औषधि तथा स्लाइन पानी पठाएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रामबहादुर केसीले बताए । खाना र पानीका कारण झाडापखाला फैलिएको केसीको भनाई छ ।

प्रतिक्रिया