डिजेल र मट्टितेलमा मूल्य बृद्धि

काठमाडौं, ५ असार । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा मूल्य बृद्धि गरेको छ ।
निगम सञ्चालक समितिको हिजो बेलुका बसेको बैठकले डिजेल र मट्टितेलमा प्रति लिटर चार÷चार रुपियाँ बृद्धि गर्ने निर्णय गरेको हो । डिजेल र मट्टितेलको प्रति लिटर मूल्य ९३ रुपियाँ पुगेको छ ।
पेट्रोल, खाना पकाउने ग्याँस र हवाई ईन्धनमा भने मूल्य बृद्धि भएको छैन । डिजेलमा मूल्य बृद्धि भएपछि सवारी साधनलगायत दैनिक उपभोग्य सामाग्रीमा समेत त्यसको प्रत्यक्ष प्रभाव पर्ने छ ।
बृद्धि भएको डिजेल र मट्टितेलको मूल्य आजै विहानदेखि लागू गरिएको निगमले उल्लेख गरेको छ ।
निगमले मूल्य बृद्धि गरेपनि आफूलाई अझै घाटा रहेको जनाएको छ ।

प्रतिक्रिया