म्युजिक खबर अवार्डको मनोनयन

काठमाडौं : संगीतका लोक, आधुनिक तथा दोहोरीलगायत विधालाई समेटेर आयोजना हुन लागेको म्युजिक खबर म्युजिक अवार्ड २०१२ ले मनोनयन सार्वजनिक गरेको छ । म्युजिक खबर डटकमको आयोजनामा आगामी साउन ७ गते हुने अवार्डको मनोनयन सोमबार सार्वजनिक गरिएको हो । सर्वाेत्कृष्ट राष्ट्रिय गीत, पपगायन, लोकदोहोरी गायक–गायिका, लोकदोहोरी एल्बम, म्युजिक भिडियो, चलचित्र पाश्र्वगायक–गायिका, सर्वाेत्कृष्ट नवप्रतिभा, सर्वाेत्कृष्ट सुगम संगीत गायकगायिका गरी कुल २२ विधा प्रत्येकको मनोनयनमा पाँच–पाँच व्यक्ति वा सामग्री छनोट गरिएका छन् । नेपाली मौलिकता हराउँदै गएका बेला नेपाली गीतसंगीतको प्रवद्र्धन एवं संवद्र्धन गर्न अवार्ड आयोजना गरिएको आयोजकले विज्ञप्तिमार्फत जानकारी गराएको छ । (सौस)

प्रतिक्रिया