चेपाङ समुदायका तीन ज्यानको मृत्यु

चितवन, ३ असार । चितवन जिल्लाको कविलास गाविसमा जंगलबाट ल्याएको विषालु च्याउ खाएर विरामी परेका चेपाङ समूदायका तीन व्यक्तिको ज्यान गएको छ ।
मृत्यु हुनेमा बर्ष ९ का मानबहादुर चेपाङ (प्रजा), सोमती चेपाङ (प्रजा) र बर्ष ६ का सन्तकुमार चेपाङ (प्रजा) को मृत्यु भएको हो । मानबहादुर र सोमतीको आज तथा सन्तकुमारको शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चार दिनअघि च्याउ खाएर विरामी परेका उनीहरुको भरतपुर अस्पतामा उपचार भईरहेको थियो । विरामी परेका मध्य अर्जुन चेपाङ (प्रजा) आईसियुमा रहेको अस्पतालले जनाएको छ । अर्का विरामी बुद्धिबहादुर चेपाङ (प्रजा) को अवस्था पनि गम्भीर रहेको छ । विषालु च्याउ खाँएर विरामी भएका तथा मृत्यु भएकाहरु सबै एउटै परिवारका हुन् ।

प्रतिक्रिया