कालीबहादुर “चाइना भन्सारमा”

काठमाडौं : आफ्नो पहिलो एल्बम कर्णालीको दर्पण सुनेका दर्शकश्रोताको नियास्रो मेट्न गायक कालीबहादुर सिंह अहिले दोस्रो लोकदोहोरी एल्बम चाइना भन्सारमा लिएर संगीत बजारमा झुल्किएका छन् ।
पछिल्लो एल्बममा तिमी जति राम्री छैनन् संसारमा र जिउँदै मार्‍यौ नि बोलका दुई लोकदोहोरी भाका छन् । प्रेमीप्रेमिकाका मिलन बिछोडका भावना समेटिएका यी गीतमा गायक सिंहलाई थानेश्वर गौतम, देवी घर्तीमगर, विद्या तिमल्सिना र राधा राईले गायनमा साथ दिएका छन् । २०५० सालमा रेडियो नेपालको स्वरपरीक्षा उत्तीर्ण गरी औपचारिक रूपमा गायन बजारमा प्रवेश गरेका सिंह पेसाले स्वास्थ्यकर्मी हुन् । हुम्लामा जन्मिएका उनी स्वास्थ्यकर्मी भए पनि आफूमा गीतसंगीतको गहिरो रुचि रहेको सुनाउँछन् । (सौस)

प्रतिक्रिया