लिंग बदल्न चाहन्छन् ८४ वर्षीय वृद्ध

बेइजिंग : चीनका एकजना ८४ वर्षीय वृद्ध लिंग परिवर्तन गर्न तम्सिएका छन् । उनले महिलाको कपडा लगाएर हिँडडुल गर्न र महिलाको हार्मोन लिएर स्तन बढाउने प्रयास गर्न थालेको चार वर्ष भइसकेको छ ।
ढल्कदो उमेरमा कियन जिन्फेन नाम गरेका ती व्यक्तिले लिंग परिवर्तन गर्न शल्यक्रिया गराउने सोच बनाएका छन् । उनले आफ्नो नाम पनि महिलाको जस्तै राखेका छन् । ८० वर्षसम्म महिला हुने इच्छा दबाएर बसेका उनी अहिले एकाएक खुल्न थालेपछि यसले धेरैलाई चकित बनाएको छ ।
‘केटी हुन पाए हुन्थ्यो जस्तो मलाई सानैदेखि लाग्थ्यो । १४ वर्षको छँदै मेले केटीको हाउभाउ देखाउन थालेको थिए । तर, एक्लै हुँदा मात्रै मैले यस्तो हाउभाउ देखाउने गर्थे,’ उनले भने । अहिलेसम्म उनले आफ्ना अभिभावक, श्रीमती र छोराछोरीसामु त्यससम्बन्धी वास्तविकता लुकाउँदै आएका थिए ।
‘अहिले म जस्तो छु, त्यो नै मेरो वास्तविक रूप हो,’ महिलाको पहिरनमा ठाँटिएका उनले मख्ख पर्दै सुनाए । आफूले महिलाको शौचालय प्रयोग गर्ने गरेको जानकारी दिनसमेत उनी पछि परेनन् । (एजेन्सी)

प्रतिक्रिया