ससुराले बन्दुक पड्काउदा बुहारी घाइते

कैलाली, १ असार । बैतडीको सदरमुकामसँगै जोडिएको देहिमाण्डौं–९ स्थित थलालगाउँमा ससुराले चलाएको बन्दुकको छर्रा लागेर बुहारी गम्भीर घाइते भएकी छन् ।
बिहीबार मध्यराति बाबु छोरा बीचको घरायसी कुरामा विवाद हुँदा रिसको झोकमा बाबुले छोरालाई भरुवा बन्दुक हान्न खोज्दा पड्केर बुहारी घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
६७ वर्षीय प्रेमसिंह थलालले घरायसी विवादमा बन्दुक पड्काउँदा छर्रा लागेर ३२ वर्षीया बुहारी तारा गम्भीर घाइते भएकी हुन् ।
ताराको वायाँ हात र शरीरका अन्य भागमा बन्दुकको छर्रा लागेको छ । उनको बैतडीमा उपचार हुन नसकेर थप उपचारका लागि नेपालगञ्ज लगिएको बैतडीका प्रमुख जिल्ला अधिकारी गोबिन्दमणी भुर्तेलले बताए ।
बन्दुक पड्काउने प्रेमसिंहलाई प्रहरीले बन्दुक सहित नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया