दर्शकको पर्खाइमा अपवाद, प्लान र महान

काठमाडौं, १ असार । चलचित्र निर्माणको क्रममा बृद्धि आएसँगै प्रदर्शन हुने चलचित्रको संख्या पनि बढ्दै गएको छ । देशको राजनीतिक अन्योलताका कारण प्रदर्शन गर्न डराइरहेका निर्माताहरु अहिले धमाधम हलमा चलचित्र पुर्‍याइरहेका छन् । आज शुक्रबार काठमाडौं उपत्यका र देशभर गरी तीन चलचित्र प्रर्दशनमा आउने भएका छन् । ती हुन्– अपवाद, महान र प्लान ।
अपवाद सुवास कोइरालाद्वारा निर्देशित चलचित्र हो भने महानलाई कृष्ण चापागाईंले निर्देशन गरेका हुन् । प्लानका निर्देशकचाहिँ शोभित बस्नेत हुन् । यी मध्ये अपबाद देशभरका स्टेसनबाट प्रर्दशनमा आउन लागेको छ भने महान र प्लान उपत्यकामा मात्र प्रदर्शन हुँदै छन् ।
मध्यमवर्गीय युवाको मनोभावनालाई कथानक रुप दिइएको अपवाद सुमन प्रजापतीले निर्माण गरेका हुन् । स्वदेशबाहीर डेनमार्क ,अमेरीका ,अष्ट्रेलीया लगायत मसुलुकमा प्रदर्शन भैसकेको चलचित्रको शिर्ष भुमिकामा राज बल्लभ कोहीराला र निषा अधिकारीले अभिनय गरेका छन् । डिजेहरुका अनुभूति र पीडालाई चलचित्रमा उतारिएको प्लान कबिता श्रेष्ठले निर्माण गरेकी हुन् । मुकेस ढकाल, धिरेन शाक्य, ध्रुव न्यौपान, रागिनी खड्गी, अनीता दाहाल, अनुस्का ढकाललगायतका कलाकार छन् । एउटै फाइट १२ मिनेट लामो रहेको भनेर प्रचार गरिएको प्लानमा राजेन्द्र खड्गीको द्धोन्द निर्देशन तथा शिब बिकको नृत्यनिर्देशन  छ । ‘यो चलचित्र सत्यघटनामा  आधारीत छ’, निर्मात्री कबिताले जानकारी गराइन् । त्यस्तै चलचित्र महान अभिनेता दिनेश शर्माले निर्माण गरेका हुन् । जसमा बिराज भट्ट, अर्जुन कार्की, रोज राणा, उषा पौडेल, झरना थापा, जयकिसन बस्नेत, बालदीप राईको मुख्य भूमिका छ । रक्षन्द फिल्म्स् प्रोडक्सन प्रालीको ब्यानरमा निर्मित महानमा द्वन्द्व एनबी महर्जन, नृत्य वसन्त श्रेष्ठ र संगीत सुरेश अधिकारी र लक्ष्मण शेषको रहेको छ ।

प्रतिक्रिया