बोक्सीको आरोपमा महिला प्रताडित

रौतहट : बोक्सीको आरोपमा बरियारपुरमा एक महिलामाथि कुटपिट भएको छ । बरियारपुर–२ की ५५ वर्षीया सुशीला देवीलाई छिमेकीले कुटपिट गरेका हुन् । रामसागर यादव र निजका भाइ रामशंकरले बोक्सी भन्दै निर्घात कुटपिट गरेपछि घाइते भएकी सुशीलाको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यादवका छोरालाई टुनामुना लगाएर बिरामी पारेको आरोपमा छिमेकीले कुटपिट गरी घाइते बनाएको पीडितका पति रामअयोध्याले बताए । प्रहरीले घटनामा संलग्न रामशंकर नियन्त्रणमा लिएको छ । अर्का आरोपी फरार छन् । पीडित परिवारले कुटपिट गर्नेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिन जाँदा पीडकले च्यातिदिएको रामअयोध्याले बताए । इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर रामनारायण माझीले घटनाबारेमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । (सौस)

प्रतिक्रिया