ठगी गर्ने नक्कली मेजर पक्राउ

काठमाडौं, ३० जेठ । सल्यानका एक युवकलाई नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट बनादिने भन्दै ठगीगर्न खोज्ने नक्कली मेजरलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।
सल्यान घर भएका २१ वर्षीय वीरेन्द्र भण्डारीलाई १४ लाख ठगी गर्दै गरेको अवस्थामा आज प्रहरीले पुरानो बसपार्क बस्ने रामेछाप घर भएका २७ वर्षीय भरतसिंह लामालाई बबरमहलबाट पक्राउ गरेको छ ।
मेजर तहको दज्र्यानी चिन्ह सहितको युनिफर्म लगाई लामाले भण्डारीलाई ठगी गर्दै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया