अज्ञात रोगका कारण गाउँ नै त्रसित

सिन्धुपाल्चोक, ३० जेठ । सिन्धुपाल्चोक जिल्लाको विकट गाविस गोल्चेमा अज्ञात रोगका कारण एक जनाको मृत्यु भएको छ भने सात जना विरामी परेका छन् ।

सोमबार गोल्चे–१ का ५१ बर्षीय भीमबहादुर दोङको अज्ञात रोगबाट मृत्यु भएको सातकन्या प्राथमिक विद्यालयका प्रधानाध्यपक सुप्पा लामाले जानकारी दिए ।

अज्ञात रोगका कारण २८ बर्षीय हिरामाया दोङ, २४ बर्र्र्र्षीया फूलकुमारी दोङ, ५५ बर्षीय हिराबहादुर दोङ सिकिस्त विरामी परेका छन् ।

प्रधानाध्यपक लामाका अनुसार शुरुमा पिडौंला फर्किने, पेट पोल्ने, मुखबाट रगत निस्कने र पिसाब बन्द भएपछि विरामीको मृत्यु हुने गरेको छ ।

उस्तै प्रकृतिको रोग देखापर्न थालेपछि गाउँ त्रसित बनेको छ ।

अज्ञात रोग फैलिएको स्थानमा स्वास्थ्यकर्मी खटाइको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

कार्यालय प्रमुख कृष्ण मिजारले रोगका बारेमा यकिन हुन नसके पनि झडापखलाबाट स्थानीय प्रभावित भएको हुुन सक्ने प्रारम्भीक विवरण आएको बताए ।

प्रतिक्रिया