गोविन्दराज जोशीको मुद्दामाथि सुनुवाइ

काठमाडौं : सार्वजनिक पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको अन्तिम सुनुवाइ सोमबारदेखि सुरु भएको छ । विशेष अदालतमा सुरु भएको बहसको पहिलो दिन सरकारीका तर्फबाट एक वकिलले मात्र बहस गरेका छन् । मंगलबार सरकारी अन्य वकिल र जोशीतर्फबाट पाँच वकिलले बहस गर्ने छन् ।
सार्वजनिक पदमा रहँदा तीन करोड १३ लाख बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले हदम्यादको कारण देखाउँदै उनलाई सफाइ दिएको थियो । भ्रष्टाचार निवारण ऐन २०४९ अनुसार सार्वजनिक पदबाट हटेको दुई वर्षभित्र मुद्दा नचलाएको भन्दै उनलाई सफाइ दिइएको थियो । १ मंसिर ०६३ मा विशेष अदालतले हदम्यादको कारण देखाई मुद्दा खारेज गरेपछि पुन: अख्तियार सर्वोच्च अदालत पुगेको थियो । (सौस)

प्रतिक्रिया