सरकार विरुद्ध कालो झण्डा

दाङ, २९ जेठ । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराइको विरोधमा आज दाङमा स्थानीय राजनीतिक दलहरुले कालो झण्डा सहित र्‍याली एवं सभा गरेका छन् ।
कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ती पार्टी, माले लगाएतका दर्जन बढी राजनीतिक दलले कामचलाउ सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले भट्टराई सरकारले घोषणा गरेको नयाँ चुनाव असंवैधानिक भएको जनाएका छन् ।
सरकारले दलीय सहमति विनानै संविधानसभा भङग गरी निर्वाचन घोषणा गरेकोमा पनि उनीहरुले बिरोध गर्न बाध्य भएको जनाएका छन् ।

प्रतिक्रिया