पुरुषका समस्या

कुन पुरुषलाई राम्रो यौनक्षमता देखाउन मन नहोला र ? तर कतिपय पुरुष यौनसमस्याबाट उम्कन सकिरहेका हुँदैनन्, जसकारण मानसिक विक्षिप्तता भई सम्पूर्ण जीवनै उराठ बनिदिन सक्छ । एउटा अध्ययनले विश्वका १५ प्रतिशत पुरुष यौनइच्छाबाट वञ्चित रहेको देखाउँछ भने धेरै पुरुष कुनै न कुनै यौनसमस्याबाट गुज्रिरहेका भेटिन्छन् । तर, यी समस्याका कारणलाई न्यूनीकरण गर्न सकियो भने यौनजीवन सुखद हुन्छ ।
सामान्यत: ४० वर्ष काटेपछि पुरुषमा बढ्ने पोल्याक्टिन हार्मोनले यौनजीवनमा अनियमितता ल्याउन सक्छ । तर, आफ्नो उमेर अनुकूलको यौनसाथी छनोट गर्दा यौनक्रियाकलापमा सन्तुलन बनाउन सकिन्छ । अनियमित आहार पनि यौन समस्याको कारक हो । घ्यू, बोसो तथा चिल्लोले लिंगको रक्तनलीमा बोसो बढाउँछ । धूमपान पनि यौनसमस्याको कारण हो । चुरोटमा हुने निकोटिनले नाइट्रिक अक्साइड बढाउँछ, जसले गर्दा रक्तनली फैलिएर लिंग उत्थानमा समस्या आउन सक्छ । अत्यधिक मद्यपानले पनि यौनसंवेदना हराउने तथा ट्राइग्लेसेराइड बढाउन सक्छ । पौरुष ग्रन्थीको वृद्धि पनि एउटा समस्या हो । पौरुष ग्रन्थीबाट सेतो तरल पदार्थ निस्कन्छ जुन लिंगमा पुगेपछि यौनोत्कर्ष हुन्छ । तर, सो ग्रन्थी वृद्धि भएमा उक्त प्रक्रिया अवरुद्ध हुन जान्छ । खराब कोलेस्ट्रोल बढेमा रक्तनली कडा र साँघुरो भई रक्तसञ्चार घट्छ, यसले पनि लिंग उत्तेजित हुनमा समस्या उत्पन्न हुन्छ । यस्तै समस्याको अर्को कारण हो, हार्मोनको असन्तुलन । टेस्टेस्टेरोनको कमी भएमा यौन रुचि र लिंगोत्थान कम हुन्छ । प्रोल्याक्टिन हार्मोन बढ्यो भने टेस्टेस्टेरोन घटाउँछ । मधुमेह पनि एक समस्या हो । जीर्ण मधुमेहले साना रक्तनलीहरू तथा स्नायु नष्ट गर्छ । यसो हुँदा स्नायुको तरंग तथा रक्तसञ्चारमा कमी भई रुचि र उत्थानमा बाधा पुग्छ । रक्तचाप, डिप्रेसन, मधुमेह, एलर्जी, क्यान्सर आदिको औषधिको पाश्र्वप्रभावले पनि यौनदुर्बलता हुन्छ । लामो समय साइकल चलाउँदा स्नायु तथा रुक्तनली च्यापिएर रक्तसञ्चारमा असर परी लिंगोत्थानमा समेत प्रभाव पर्छ । यौनसमस्या उत्पन्न हुन सक्ने यी कारणबाट बच्न जरुरी छ । त्यसका लागि सन्तुलित आहार, सकारात्मक सोच र काम आवश्यक छ ।

प्रतिक्रिया