पुटिनको घडी सोख

मस्को : ‘अमेरिकासँग टक्कर लिनु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सोख हो’ यस्तो दाबी कसैले गर्छ भने यो पूर्ण हुँदैन । अमेरिकासँग टक्कर लिनुबाहेक पुटिनको अर्को पनि सोख छ– महँगो घडी लगाउनु ।
पुटिनसँग करिब पाँच लाख पाउन्ड बराबरका घडी रहेको बताइन्छ । यो रकम उनको वार्षिक तलबभन्दा ६ गुणा बढी हो । उनको वार्षिक तलब ७२ हजार पाउन्ड छ । पुटिनसँग रहेको एउटा घडीको मूल्य मात्रै तीन लाख पाउन्डको छ । यो घडी जर्मनमा बनेको हो ।
पुटिनको घडीमोह सार्वजनिक भएपछि उनले यसका लागि रकमको जोहो कसरी गर्छन् भन्ने विषयमा जिज्ञासा सर्वत्र उठेको छ । रुसका विपक्षीहरूले युट्युबमा हालै अप्लोड गरेको एउटा भिडियोमा पुटिनको राजसी छाँटबारे उल्लेख गरिएको हो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले लगाउने घडीको मूल्य भने दुई सय २५ पाउन्ड मात्रै रहेको भिडियोमा जनाइएको छ । (एजेन्सी)

प्रतिक्रिया