कांग्रेस केन्द्रीय कार्यसमिति सोमबार

काठमाडौं, २८ जेठ । मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्था लगायतका बारेमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा सामसामियक राजनीतिक अवस्थाका साथै, आन्तरिक विवाद लगायतमा छलफल हुने केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिए । ‘बैठकका लागि खबर मात्रै आएको छ,’ उनले भने, ‘बैठकको एजेण्डाका विषयमा आधिकारीक केही जानकारी आएको छैन ।’
प्रधानमन्त्री बाबुराम भट्टराई र एमाओवादी सत्ताकब्जामा सक्रिय रहेको भन्दै एमाले, राप्रपा लगायत साना दलहरुसँगको सहकार्यमा आन्दोलन शुरु गरेको कांग्रेसले सो विषयमा पनि धारणा बनाउने छ ।

प्रतिक्रिया