अनेरास्ववियूद्वारा दुई नेतालाई निलम्वन

काठमाडौं, २८ जेठ । अनुसन्धनमा सहयोग गर्न भन्दै एमाले निकट अनेरास्ववियूले गोलीकाण्डमा पक्राउ परेका आफ्ना दुई विद्यार्थी नेतालाई निलम्वन गरेको छ ।
अनेरास्ववियूले आज विज्ञप्ती जारी गरेर अस्कल क्याम्पसका स्ववियु उप–सभापति वीरबहादुर राउत र क्याम्पस कमिटी सदस्य मुकेश नेपालीलाई साधारण सदस्य समेत नरहने गरेर निलम्वन गरेको जनाएको छ । राउत र नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
अनेरास्ववियूले घटनाका मुख्य अभियुक्त मनोज खत्रीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग पनि गरेको छ । गोली प्रहार गर्ने खत्री फरार छन् ।
काठमाडौंको नयाँ बजारस्थित राउतको कोठामा शुक्रबार बिहान खत्रीको गोली प्रहारबाट अस्कल क्याम्पसका प्रारम्भीक कमिटी उपाध्यक्ष बसन्त शाही गम्भीर घाईते भएका थिए ।

प्रतिक्रिया