जीप दुर्घटनामा ८ थारु नेताहरु घाइते

काठमाडौं, २८ जेठ । दाङमा आज भएको जीप दुर्घटनामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष लक्ष्मण थारु सहित आठ जना घाइते भएका छन् ।
नवलपरासीबाट बर्दिया जाने क्रममा बिहान करिव सवा ७ बजे सतबरियामा अध्यक्ष थारु चढेको भे १ च १२०८ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार सबै घाईते भएका हुन् । तिव्र गतिमा रहेको जीपको टायर पड्किएर अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा भानु थारुपनि गम्भीर घाइते छन् । घाईतेहरुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । जीपमा ११ जना सवार रहेका थिए ।

प्रतिक्रिया