भूकम्पको धक्का महशुस

काठमाडौं, २७ जेठ । पोखरालाई केन्द्र विन्दू बनाएर आज कास्कीमा भूकम्प गएको छ ।
५ दशमलव १ रेक्टस्केलको भूकम्पको धक्का बिभिन्न जिल्लामा समेत महशुस गरिएको थियो । पोखरा विमानस्थलको उत्तर पूर्व तर्फको थुमकोडाँडामा केन्द्र विन्दू भएको भुइँचालो १ बजेर ३९ मिनेटमा गएको खानी भूगर्भ विभागले जनाएको छ ।
भूकम्पले कुनै नोक्सानी नगरेको कास्की स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया