मख्ख माइली

हलिउड गायिका तथा अभिनेत्री माइली साइरस अहिले प्रसन्न छिन् । अस्ट्रेलियाली अभिनेता लिएल होम्सवर्थसँग विवाह बन्धनमा बाँधिएपछि रोमाञ्चित वैवाहिक जीवनले उनलाई प्रशन्न बनाएको हो । जीवनभर होम्सवर्थसँग यसरी नै खुसीपूर्वक जिउने आफ्नो चाहना रहेको उनी बताउँछिन् ।
तीन वर्षसम्म ‘अफेयर’ चलेपछि उनीहरूले विवाह गरेका थिए । ‘द लास्ट संग’ बोलको गीतको सेटमा उनीहरूको पहिलोपटक भेट भएको थियो । ‘विवाह गरेर म असाध्यै खुसी भएकी छु, हाम्वर्थसँग सुखपूर्वक बाँच्न म तत्पर छु,’ आफ्ना निकटवर्तीहरूसँग उनले यसो भन्ने गरेकी छन् । एक वेबसाइटका अनुसार होम्सवर्थले १९ वर्षीया साइरसलाई ३१ मे मा प्रेमप्रस्ताव राखेका थिए । प्रस्ताव राख्दा साइरसलाई उनले ३.५ क्यारेटको हीराको औँठी दिएका थिए । औँठीसहित प्रेमप्रस्ताव आइलागेपछि माइलीले भावुक हुँदै स्वीकार गरेकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया