भ्याली पब्लिक र एन्जल हर्ट सेमिफाइनलमा


काठमाडौ,२५  जेठ । भ्याली पब्लिक, एन्जल्र्स हर्ट, एचएचसिए र बाग्मती प्रथम बिएसटी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गतको गल्र्स स्पर्धाको बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
भ्याली पब्लिकले आयोजक बिएसटीलाई २४–१६, एन्जल्स हर्टले काठमाडाँैं भ्यालीलाई ३४–२०, एचएचसिएले सिद्धार्थ वनस्थलीलाई २०–१७ तथा बाग्मतीले कान्तिपुर एकेडेमीलाई २६–१० ले पराजित गरे । भ्याली पब्लिककी सुजिता थापा र आरती लामिछानेले ९/९ स्कोर गरे ।
एन्जल्स हर्टकी कमला पुनले ११, एचएचसिएकी सुशीला तामाङले १५ तथा बाग्मतीकी शान्ति श्रेष्ठले ९ अंक जोडे ।
ब्वायजतर्फ भ्याली पब्लिकले फर्वार्ड एकेडेमीलाई २९–२६, काठमाडाँैं भ्यालीले ग्रिनल्यान्डलाई २७–२५, गोल्डेनपिकले टिआइएलाई ३५–३२ तथा इनोभेटिभले नवजीवनलाई ३२–२० ले पराजित गरे । भ्याली पब्लिकका रोहन तामाङले ७, काठमाडाँैं भ्यालीका आङ छिरिङ शेर्पाले ९, गोल्डेनपिकका अनिश थापामगरले १६ तथा इनोभेटिभका सुदीप श्रेष्ठले १३ स्कोर गरे ।

प्रतिक्रिया