बझाङका स्थनीय निकायमा तालाबन्दी

कैलाली, २४ जेठ । बझाङका स्थानीय निकायमा कार्यरत कर्मचारीहरुले पॉच महिनादेखि तलबभत्ता नपाएको भन्दै आज देखी स्थानीय निकाय अन्तरगतका सबै कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरी कामकाज ठप्प पारेका छन् ।
गत माघ देखि तलबभत्ता नपाउ‘दा स्थानीय निकायका कर्मचारीहरुलाई दैनिक छाक टार्न समेत समस्या हुन थालेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको आन्दोलनमा उत्रेका कर्मचारीहरुले बताएका छन् । उनीहरुले आफूहरुको रोकिएको तलबभत्ता नपाउंदासम्म तालाबन्दी नखोलिने बताएका छन् ।
आर्थिक वर्षको अन्तिम भएकोले कार्यालयमा काम चटारो रहेको तर कर्मचारीहरु तालाबन्दी गरी आन्दोलनमा उत्रेपछि थुप्रै विकास निर्माणका योजनाका काम प्रभावित हुन पुगेको बझाङका स्थानिय विकास अधिकारी युवराज कटेलले जानकारी दिएका छन् ।
यसरी अनिश्चित तालाबन्दी गरिएका कार्यालयहरुमा जिल्ला विकास समिति, जिल्लाका ४७ वटै गाविस कार्यालय, ग्रामीण सामुदायिक पूर्वाधार कार्यक्रम, विकेन्द्रृत ग्रामीण तथा जिविकोपार्जन (ड्रिलिप) र जिल्ला प्राविधिक कार्यालय रहेको कटलेले जानकारी दिएका छन् ।

प्रतिक्रिया