कवितामा शान्ति

काठमाडौं : नेपाली कला र साहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजान कस्सिएको नेपाली कला साहित्य डट कम प्रतिष्ठानले कविहरूलाई ‘शान्तिदूत’ का रूपमा उतारेको छ । शान्ति कविता गोष्ठी नाम दिइएको कार्यक्रममा सोमबार विभिन्न पुस्ताका पन्ध्र कविले शान्ति विषयका कविता सुनाए । कार्यक्रममा कविहरूलाई सम्मानसमेत गरियो । श्यामल, श्रवण मुकारुङ, नारायण श्रेष्ठ, राजकुमार बानियाँ, विप्लव ढकाललगायत कवि सम्मानित भए ।
आफ्नो वेब पोर्टलमार्फत नेपाली साहित्य सेवामा लागिरहेको प्रतिष्ठानले कार्यक्रममा एक पुस्तक पनि सार्वजनिक गर्‍यो । कार्यक्रममा सार्वजनिक गरिएको ‘कलाश्री’ नामक पुस्तकमा विभिन्न पुस्ताको प्रतिनिधित्व गर्ने स्रष्टाका सिर्जना समेटिएको छ । संस्कृतिविद् तथा कवि तुलसी दिवसको प्रमुख आतिथ्य रहेको कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष मोमिलाको सभापतित्वमा सम्पन्न भएको थियो । (सौस)

प्रतिक्रिया