पिस बहुउदे्श्यीय संस्थामा ठगी गर्ने पक्राउ

काठमाडौं, २१ जेठ । ठगी कार्यमा संलग्न काठमाडौंस्थित पिस नेपाल बहुउदेश्यीय संस्थाका संचालक समितिका सचिव रतनलाल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
लम्जुङ जिल्ला इलमपोखरी–६ घर भई काठमाडौं म्हैपी बस्ने ६१ बर्षीय गरुङलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सामाखुशीमा मुख्य कार्यालय र लम्जुङमा शाखा रहेको सो संस्थाले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिहरुबाट रकम संकलन गरी ठगी गरेकोमा अदालतले गुरुङलाई सञ्चालक समितिको सचिवको हैसीयतमा सजायको फैसला समेत सुनाई सकेको छ । ठगी गरेको भन्दै परेको मुद्धामा दोषी ठहरीएका गुरुङलाई केन्द्रीय अनुसन्धान व्यूरोले खोजी गरेको थियो ।
रकम हिनामिना गरेर संस्थानै बन्द गरेका गुरुङलाई काठमाडौं र लम्जुङ जिल्ला अदालतले जेठ २० गते पाँच बर्ष छ महिनाको कैद सजाय फैसला गरेको थियो ।
फैसला अनुसार ८ लाख ९४ हजार ९ सय ९ रुपैया ८० पैसा जरिवाना समेत गरुङसँग असुल्नुपर्ने छ ।

प्रतिक्रिया