छुवाछूतसम्बन्धी कानूनको कार्यान्वयनमा जोड

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराईले दलित समुदायप्रति भेदभाव गर्नेहरुलाई कानून अनुसार कारवाही गर्ने जनाएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले सरकारले ल्याएको जातीय भेदभाव तथा कसुर एने २०६८ लाई व्यावहारिक रुपमा कार्यान्वयन गरिए धेरै समस्या समाधान हुने बताए ।
प्रधानमन्त्री भट्टराईले भने, ‘कानून कार्यान्वयनका लागि अब सरकार प्रतिवद्ध भएर लाग्छ ।’ उनले ऐन तथा कानूनको तर्जुमा मात्र नभै त्यसको व्यावहारिक कार्यान्वयनमा जोड दिए ।
उनले भने, ‘मान्छेलाई मान्छेको जस्तो व्यवहार नगर्ने, जनावरभन्दा पनि तल्लो स्तरको व्यवहार गर्ने सामाजिक कुुरितीलाई हटाउन सरकार मात्रै लागेर हुँदैन ।’

उनले दलित जाति तथा समुदायप्रति भेदभाव गर्ने तर कुकुरलाई आफूसँगै खुवाउने, सुताउने गर्ने प्रचलन कुनै पनि हालतमा जायज नभएको बताए । उनले जातीय भेदभावको संस्कार अन्त्यका लागि सबै लाग्नुपर्ने बताए ।

प्रतिक्रिया