संविधानसभा विघटन हुनुमा कांग्रेस/एमाले दोषी

पर्सा, २१ जेठ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक विधिअनुसार नै सरकारले नयाँ संविधानसभाको चुनावको घोषणा गरेका कारण यसको विकल्प नभएको बताएका छन् ।
रिपोटर्स क्लब पर्सा शाखाले आज वीरगञ्जमा गरेको साक्षत्कारमा ठाकुरले नयाँ संविधानसभाको चुनावको घोषणा गरेर सरकारले संवैधानिक बाटो लिएको दाबी गरे ।
उनले धेरै कुरामा दलहरुबीच संविधान लेखनको विषयमा सहमति भए पनि अन्तिम समयमा संविधानसभा नै भङ्ग हुनु अत्यन्तै दुःखद भएको बताए ।
अध्यक्ष ठाकुरले राज्य पुनःसंरचनाको विषयबाहेक अन्य विषयमा दलहरुबीच सहमति भइसकेको अवस्थामा कांग्रेस र एमालेको अडान तथा चाहनाले संविधानसभा विघटन भएको आरोप लगाए ।
उनले संविधान जारी गर्न फेरि अर्को चुनाव अपरिहार्य रहेको जिकीर गरे ।

प्रतिक्रिया