खोजखबर

मोरङमा ११ हजार तेस्रोलिंगी

सौर्य अनलाइन २०६९ जेठ १९ गते १२:४० मा प्रकाशित

विराटनगर, १९ जेठ । विराटनरमा नागरिकताको अधिकारसँगै समलिंगी विवाह गर्न पाउनुपर्ने तेस्रो लिंङगीहरुले माग गरेका छन ।
परिवर्तनशील समाज नामक संस्थामा आवद्ध तेस्रो लिंगीहरुले उक्त माग गरेका हुन ।
उनीहरुले यौनिक तथा लैङगिक अल्पसंख्यकको समस्या प्रति सवैले वेवास्ता गरेको आरोप लगाए ।
तेस्रो लिंङगी दुर्गा माझीले आफूहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको गुनासो गरिन । पहाडमा भन्दा तराईमा तेस्रोलिंगीहरु बढी उपेक्षित हुनुपरेको छ उनको नभाई छ ।
तेस्रो लिंगी दिलसा चौधरीले शिक्षा तथा स्वस्थ्य सेवाबाट वन्चित हुनुपरेको र आफूहरु सामाजिक र पारिवारिक विभेदमा पर्नुपरेको वताईन । मोरङमा मात्र ११ हजार तेस्रो लिङगीहरु रहेको समाजको दावी छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय