संघीयता र सत्ता मोहले संविधान बनेन

दाङ, १९ जेठ । नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले संघीयता र सत्ता मोहका कारण नयाँ संविधान जारी हुन नसकेको दाबी गरेका छन् ।
उनले भने, ‘नयाँ संविधान कुर्सीको खेल र सत्ता नछाड्ने प्रवृत्तिले अबरोध गरेको हो ।’ दाङको घोराहीमा आज आयोजित कार्यक्रममा महामन्त्री सिंहले चार वर्षमा झण्डै १२ अर्ब भन्दा बढी रकम खर्चगरेर पालिएका नेता तथा सभासदले आफ्नो कर्तव्य पूरा नगरी संविधानसभा विघटन गरेको आरोप लगाए । उनले देश अनिश्चयको भूमरीमा फँसेको बताएका छन् ।
महामन्त्री सिंहले भने, ‘एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका कारण सविधानसभा विगठन भएको हो ।’

प्रतिक्रिया