चेस छानेकामा आमा

चेन्नाई : विश्व चेस च्याम्पियन विश्वनाथन आनन्दकी आमा सुशीला आनन्दले आफ्नो छोराले चेस खेल रोजेकामा आफूलाई निकै हर्ष लाग्ने गरेको बताएकी छन् । विश्वनाथनले इजरायलका बोरिस गेलफान्दलाई पराजित गरी पाँचौंपटक विश्व च्याम्पियनसिप जितेपछि उनी बुधबार राति बिबिसीसित कुरा गर्दै थिइन् ।
रमाइलो के छ भने विश्वनाथनका पिता बिहारका तर्फबाट क्रिकेट खेल्ने गर्थे । पत्रकारहरूले ‘विश्वनाथनले पहिलोपटक चेस खेल्ने निर्णय गर्दा तपाईंहरूलाई अप्ठयारो महसुस भएन ?’ भनेर सोधेको प्रश्नको जवाफ दिंदै उनले भनिन्, ‘खेल्ने हरेक व्यक्ति सचिन तेन्दुलकर त बन्न सक्दैन नि † सचिनसित तुलना गर्नु पनि हुँदैन । आनन्दलाई केही फरक गर्न मन लागिरहेको थियो भने उसले अलग बाटो रोजेर राम्रो गर्‍यो ।’ सुशीला आनन्दले यसपटकको चुनौती निकै कडा रहेको टिप्पणी गर्दै आनन्दका प्रतिद्वन्द्वी अत्यन्त सशक्त भएको र उनलाई हराउन निकै कठिन भएको पनि बताइन् ।
मानिसमा एउटा धारणा छ– चेस दिमागी खेल हो तर सुशीला आनन्द भन्छिन्, ‘आनन्दले चेस होस् वा पढाइ, उसले सधैं गम्भीरतापूर्वक शारीरिक एवं मानसिक व्यायाम गर्ने गरेको छ ।’ उनले भनिन्, ‘आनन्दलाई पहिले पनि चेस खेल्न निकै मन पथ्र्यो । तर एकदिन ऊ विश्व च्याम्पियन नै होला भन्नेचाहिं कहिल्यै सोचेका थिएनौँ ।’ (बिबिसी)

प्रतिक्रिया