कमाण्डर ‘पासाङ’ अस्पताल भर्ना

काठमाडौं, १८ जेठ । एमाओवादीका पोलिटब्युरो सदस्य एवं पूर्व लडाकुका कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
मिर्गौलामा समस्या भएपछि पासाङलाई नेपाल मेडिकल कलेज जोरपाटीमा भर्ना गरिएको एमाओवादीका केन्द्रीय सदस्य शक्ति बस्नेतले जानकारी दिए । उनले भने, ‘नन्दकिशोर जीलाई मिर्गौलामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।’
कमाण्डर पुनलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया