प्रदर्शनका कारण यातायात व्यवस्था प्रभावित

काठमाडौं, १८ जेठ । नेपाल विद्यार्थी संघले आज राजधानीका विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।
प्रदर्शनका कारण विहान केही समय यातायात व्यवस्था प्रभावित भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । ९ वजेदेखि १० वजे सम्म एक घण्टा भएको नेविसंघको प्रदर्शनले कार्यालय जान हिडेका सर्वसाधारणलाई अत्याधिक मर्का परेको थियो ।
प्रधानमन्त्री बाबुराम भट्टराईले असंवैधानिक निर्णय गरेर संविधानसभा विघटन गरेर नयाँ संविधान जारी गर्नबाट रोकेको भन्दै नेविसंघले प्रदर्शन गरेको जनाएको छ ।

प्रतिक्रिया