कुखुरा किन्ने बहानामा करणी

विराटनगर : कुखुरा किन्ने बहानामा महिलामाथि सामूहिक बलात्कार गर्ने तीन युवक पक्राउ परेका छन् । बलात्कारको आरोपमा प्रहरीले मोरङ इटहराबाट बुधबार तीनैजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इटहरा–४ का ३० वर्षीय राजकुमार माझी, २७ वर्षीय नेत्र माझी र १८ वर्षीय सन्तोष माझी छन् । उनीहरूले ३५ वर्षीया छिमेकी महिलालाई कुखुरा किन्ने बहानामा मंगलबार राति १० बजे घरमै करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । पतिले अर्की विवाह गरेर हिँडेपछि नाबालक चार छोराछोरीसँग बस्दै आएकी महिलालाई उनीहरूले करणी गरेका हुन् । (सौस)

 

प्रतिक्रिया