सिराहामा छ प्रहरी घाईते

सिराहा, १७ जेठ । सिराहा जिल्लामा अबरोध वाटो खोल्ने क्रममा स्थानीयको आक्रमणमा परेर ६ जना प्रहरी कर्मचारी घाईते भएका छन् ।
त्यस क्रममा प्रहरीले हवाई फायर समेत गरेको छ । वडहरामाल–६, बस्तीपुर चोकमा अपहरणमा संलग्न भएको आशंकामा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको विरोधस्वरुप आज विहान साढे ९ बजे स्थानीयवासीले वाटो अवरोध गरेको थिए ।
सो वाटो खुलाउने क्रममा स्थानीयबाट ढुङगामुढा हुँदा छ प्रहरी घाईते भएका प्रहरीले जनाएको छ ।
स्थानीय स्कुलको जग्गा विवादमा अदालतमा वकपत्र गर्न आएका रामभरोस शर्मा र दीपक धमलालाई अपरिचित व्यक्तिहरुले अदालत नजिकवाट नियन्त्रणमा लिएकोमा अनुसन्धानका लागि ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर स्थानीयले वाटो अवरोध गरेको प्रहरीले जनाएको छ ।
सो स्थानमा वाटो खुलाउने क्रममा तनाव भएपछि प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको जनाएको छ । हवाई फायर पछि वाटो खुलेको प्रहरी भनाई छ । घाइते प्रहरी कर्मचारीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया