रेल्वेका पूर्व महाप्रवन्धक यादवको हत्या

जेठ, १७ गते । धनुषा जिल्लामा नेपाल रेल्वेका पूर्व महाप्रवन्धक शुरेस यादवको गोली हानी हत्या भएको छ ।
गएराति ४५ वर्षीय यादवको छातीमा गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । गोली लागेर अन्य चार जना घाइते भएका छन् ।
तारापट्टी सिसिर्यामा रहेको आफ्नै घरमा छिमेकीहरुसँग पोखरीको विवादका बारेमा कुराकानी गरिरेका समयमा आएको एक समूहले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । घाइते अन्य चार जनालाई उपचारका लागि भर्ना गरिएको छ ।
घाइते हुनेहरुमा ३० वर्षीय श्याम यादव, ३२ वर्षीय राजनकुमार यादव, ५५ वर्षीय श्यमप्रसाद यादव रहेका छन् ।
धनुषाका प्रहरी उपरीक्षक पुरुषोत्तम कडेलका अनुसार गोली प्रहार गर्नेहरुमध्ये स्थानीय हरेशिव यादव हुन् । सौर्य

प्रतिक्रिया