राखेप प्रशासन प्रमुखमा राणा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभाग प्रमुखको जिम्मेवारी मदनजंग राणालाई दिइएको छ । राखेपको १२ जेठको निर्णयअनुसार राणा प्रशासन विभाग प्रमुखमा नियुक्त भएका हुन् । यसअघि मधुसूदन बस्नेत प्रशासन विभाग प्रमुख थिए । राणा भने सामान्य प्रशासन शाखा प्रमुख थिए ।
राणा २०४४ सालमा अधिकृत तृतीय श्रेणीमा राखेपमा सेवाप्रवेश गरेका थिए । राणासँग प्रचारप्रसार शाखा, भण्डार तथा आपूर्ति शाखा, अन्तर्राष्ट्रिय खेलकुदपरिसर तथा समारोह शाखाको पनि प्रमुख भई काम गरेको अनुभव छ । ५० वर्षीय राणा २०५४ सालमा अधिकृत द्वितीय श्रेणीमा बढुवा भएका थिए । राणाले बुधबारदेखि कार्यभार सम्हाल्ने भएका हुन् । (सौस)

प्रतिक्रिया