दुर्घटनामा १२ यात्रु घाईत

सिन्धुपाल्चोक, १६ जेठ । काठमाडौंबाट बाह्रविसे तर्फ जाँदै गरेको यात्रुवाहक वस आज विहान दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
घाइते सवैको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बाह्रविसेका निरीक्षक बालाजी रायमाझीले जानकारी दिए ।
ना २ ख ८४९ नम्वरको अरनीको यातायात अन्तर्गतको वस माङखा गाविसको झोलुङगे भन्ने ठाँउमा दुर्घटना भएको हो । दुर्घटनामा पाँग्रेटार–६ की ३० वर्षीया दुर्गा जिसी उनका ७ वर्षीय छोरा किरण जिसी र डेड वर्षीया छोरी करिना जिसी सहित १२ जना घाइते भएका हुन् ।
दायाँ साइडमा रहेको भ्यानलाई उछिन्ने क्रममा बस नालीमा धस्सीएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया